इटहरी । पुर्वी तराईमा केही दिन देखि जाडो बढी रहेको तर्फ मध्यनजर गर्दै नेपाल तरुण दल सुनसरीले विभिन्न लक्षित वर्गका मानिसहरुलाई जाडोबाट वचाउन न्यानो कपडा वितरण गर्ने कार्य सञ्चालन गर्दै आएको छ ।

    नेपाल तरुण दल सुनसरीले जाडो लक्षित न्यानो कपडा वितरण गर्ने अभियान अन्तरगत सुनसरीको इटहरीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको आश्रममा बस्दै आएकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

   आश्रममा बस्दै आएकाहरुलाई तरुण दलले टोपी , पञ्जा लगायतका न्यानो कपडाहरु वितरण गरेको छ । नेपाल तरुण दल सुनसरीले विभिन्न विपदका समयमा जिल्लावासीका लागि विभिन्न खाले राहत सामाग्रीहरु उपलव्ध गराउदै आएको छ ।vlcsnap-2024-01-19-17h28m24s607

कोरोना कहरका समयमा स्वास्थ्य सुरक्षा सामाग्री , विपन्न परिवारलाई खाद्यान्न , डेगुंको समयमा सरसफाई सहित स्प्रे गर्ने कार्य , बाढी ,आगलागी जस्ता विपदमा परेका विपन्न परिवारका खाद्यान्न , लताकपडा उपलव्ध गराउदै आएको छ । कतिपय विपन्न परिवारका मानिसहरुका लागि घर निर्माण समेत गरिदिएको छ ।

  श्रीकृष्ण प्रमाण मन्दिरमा रहेको आश्रममा आश्रय लिइरहेकाहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा नेपाल तरुण दल सुनसरीका सदस्य अनु सुवेदी , सञ्जय वुढाथोकी लगायतका तरुण दल इटहरी सहित  विभिन्न वडाका तरुणहरुको सहभागिता रहेको थियो ।