इटहरी । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुनसरीले औपचारिक कार्यक्रमको आयोजना गरी  १७औं साधारण सभा सम्पन्न गरेको छ ।

  इटहरीमा रहेको प्याब्सन भवनमा औपचारिक कार्यक्रमको आयोजना गरि प्याब्सन सुनसरीले १७औ साधारण सभा सम्पन्न गरेको हो ।

 साधारणसभा  प्याब्सनका केन्द्रीय सदस्य शंकर थापाको प्रमुख आथित्य तथा जिल्ला अध्यक्ष अनुप योञ्जन तामागंको अध्यक्षता रहेको थियो । 419589662_7064076717041638_6790939210016206369_n

कार्यक्रममा प्याब्सन केन्द्रय सदस्य जीव गुरागाई , प्राज्ञिक सल्लाहकार डा. वेणु सिटौला , कोशी प्रदेश सल्लाहकार कविन्द्र मण्डल ,कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष सुमित थापा , उपाध्यक्ष  ज्ञानेन्द्र दाहाल लगायतका प्याब्सनमा आवद्ध निजी विद्यालय सञ्चालनहरुको सहभागिता रहेको प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल नेलशनले जानकारी दिए । साधारणसभामा निजी तथा आवासिय विद्यालयहरुका विभिन्न पक्षका विषयमा चर्चा गरिएको थियो ।