धनकुटा । तत्कालिन समयमा राष्ट्र एकीकरणका समयमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहका सेनाहरुले प्रयोग गरेको सुनसरीको धरान फुर्से देखि धनकुटाको सागुरी गढी सम्मको बाटोलाई पदमार्गका रुपमा प्रयोग गर्न थालिएको छ ।
नेपाली सेनाले पदमार्गका रुपमा विकास गरेको यस मार्गमा हरेक वर्ष हरेक राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर पारेर नेपाली सेनाको अगुवाईमा पदयात्रा गर्ने गरिएको छ ।
नेपाली सेनाको अगुवाईमा गत पुस २७ गते फुर्से सागुरी गढी पदमार्ग यात्रा गरिएको थाहा पाएर पदयात्रामा यही बाटो प्रयोग भएको यो ऐतिहासिक महत्व वोकेको यस पदमार्गलाई ब्यवस्थित वनाउदै बाटोमा संकेत चिन्हहरु साथै ठाउँठाउँमा आराम गर्न बस्ने ठाउँको व्यवस्था भए अझ राम्रो हुने पदयात्री डिल्लीराज भण्डारीले बताए ।
उनले यस क्षेत्रको पदमार्गलाई व्यवस्थित वनाउन सके तराई क्षेत्रबाट पदयात्रा निस्कनेहरुको प्रमुख रोजाईमा पर्न सक्ने समेत जानकारी दिए ।
राष्ट्र एकीकरणको समयमा गोरखाली सेनाले प्रयोग गरेको यो पदमार्ग र गढीको अझै व्यवस्थित वनाउन सके पर्यटकीय गतिविधि बढ्ने इटहरीबाट आएका आन्तरिक पर्यटक कृष्ण भण्डारीले वताए।
ऐतिहासिक महत्व बोकेको यो पर्यटकिय क्षेत्र संगै सागुरी गढीको प्रचारप्रसार गर्न सकिए पर्यटकीय गतिविधि बढ्ने विश्वास गरे ।
यस पदमार्ग धरानको फुर्से देखि धनकुटाको सागुरीगढी गाँउपालिका ६ मा रहेको गढी सम्म करिब साडे ६ किलो मिटर करिब २ घण्टा बढीको समय लाग्ने प्राकृतिक रुपमा वनजंगल साथै पहाडी तथा तराइ क्षेत्रको समेत अवलोकन गर्न सकिने भएकाले यो क्षेत्रको प्रचार प्रसार भए यस पदमार्गले पदयात्रीहरुको रोजाईमा पर्न सक्ने देखिन्छ ।




















