इटहरी । राष्ट्रिय शैक्षिक परार्मश संघ (ने का)को कोशी प्रदेश समितिको दोस्रो साधारण सभाले सन्तोष लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सुनसरीको इटहरीमा भएको अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । राष्ट्रिय शैक्षिक परार्मश संघ नेका कोशी प्रदेश समितिको नयाँ कार्यसमितिको उपाध्यक्षमा रेणुकान्त यादव , सचिव नरेन्द्र दंगाल ,सहसचिवमा राजु थापा कोषाध्यक्षमा मैना राना मगर चयन भएका छन । त्यसै गरी सदस्यमा दिवस भुर्तेल,विष्णु राई ,चन्दन माझी, सोनाम रिजाल रहेका छन ।
राष्ट्रिय शैक्षिक परार्मश संघ नेका कोशी प्रदेश समितिको साधारण सभा केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलको प्रमुख आथित्यमा भएको साधारण सभाले प्रमोद श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
साधारण सभाकै अवसर पारेर राष्ट्रिय शैक्षिक परार्मश संघ नेका कोशी प्रदेशको आयोजनामा आफना संघमा आवद्धहरुलाई लक्षित गरी पव्लिक स्पिकिगं सम्वन्धी तालिम समेत सञ्चालन गरेको थियो।




















