इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर ८मा रहेको निर्माण टोल विकास संस्थाको तेस्रो अधिवेशनले पुन रत्नवहादुर डुम्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

      सर्वसम्मतले चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र मान श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठ सहसचिव इन्दिरा कटुवाल , कोषाध्यक्ष इन्दिरा श्रेष्ठलाई चयन गरेको हो । त्यसै गरी निर्माण टोल विकास संस्थाको सदस्यमा गुरु प्रसाद धमला र देविमाया श्रेष्ठ रहेका छन ।

यादव प्रसाद अधिकारीको संयोजकत्वमा शान्ति कुमारी श्रेष्ठ र प्रमिला ढकाल सदस्य रहेको लेखा समिति समेत चयन भएको छ ।WhatsApp Image 2024-01-12 at 23.08.43 (6) संस्थाले साधारण सभा तथा अधिवेशन उदघाटनको अवसर पारेर सामुदायिक भवन समुद्घाटन गरियो  । साढे ५ धुर क्षेत्रफलमा निर्माण गरिएको सामुदायिक भवन निमार्णका लागि २३ लाख लागत लागेको सो अवसरमा अध्यक्ष  रत्न बहादुर डुम्जनले जानकारी दिए ।