इटहरी । राष्ट्रिय शैक्षिक परार्मश संघ (ने का)को कोशी प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभाको अवसर पारेर आयोजित पव्लिक स्पिकिगं सम्वन्धी तालिम सम्पन्न भएको छ ।

   वाककलाका विभिन्न विषयवस्तुहरु समावेश गरेर इटहरीमा सञ्चालन गरिएको तालिम समापन भएको हो ।

ने का आवद्धहरुको ५० जनाको सहभागिता रहेको तालिममा वाककला विभिन्न पक्षका विषयमा पुर्व मिस नेपाल माल्विका सुब्बाले सहजिकरण गरेकी थिइन ।WhatsApp Image 2024-01-13 at 15.41.22 (4) ने का कोशी प्रदेशको दोसो बार्षिक साधारण सभा प्रदेश अध्यक्ष मोहन तिगेलाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष  सन्तोष प्याकुरेलको प्रमुख आथित्यमा भएको साधारणसभा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न हुने प्रदेश सदस्य नरेन्द्र दंगालले जानकारी दिए । साधारण सभामा केन्द्रीय महासचिव दिपक कोइराला लगायत अथितिहरुको सहभागिता रहेको थियो ।