इटहरी । गुणस्तरीय प्याकेजिङका कारण समेत अन्तराष्ट्रिय बजारमा नेपाली कृषिजन्य वस्तुहरुको बजारिकणमा सहयोग पुग्ने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा सञ्चालित प्याकेजिङ सम्बन्धी पाँच दिने तालिम समापन भएको छ ।

  कोशी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना तथा उद्योग वाणिज्य संघ इटहरीको सह आयोजनामा सञ्चालिन  ५ दिने प्याकेजिङ गुणस्तर सम्वन्धी तालिम सम्पन्न भएको हो ।

    तालिममा सहभागी खुशी मिट प्रोडककी सञ्चालिका मिनु राईले तालिम आफुहरुका लागि प्रभावकारी भएको वताइन  ।

   तालिमको सहआयोजक उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले उद्योगी व्यवासायीहरुको हकहितका काम लाग्ने यस प्रकारका तालिम,गोष्ठीहरु सञ्चालनका लागि उद्योग वाणिज्य संघ इटहरीले अग्रसरमा लिने वताए ।WhatsApp Image 2024-01-13 at 17.41.38

इटहरी क्षेत्रका २५जना उद्योगीहरुको सहभागिता रहेको तालिममा प्याकेजिङका विभिन्न पक्षहरुका साथै एसएस कोड लगायतका विषयमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरका अधिकृत कृष्णराज बजगाई लगायतले सहजिकरण गरेका थिए । सहभागीहरुलाई तालिमका प्रमुख प्रशिक्षक बजगाई र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पराजुलीले प्रमाण पत्र वितरण गरेका थिए । तालिम समापन कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघकी महिला उद्यम संयोजक मिना ढकाल लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।