इटहरी । पूर्वी तराईमा तीन दिन यता देखि चिसो बढ्न थालेपछि जनजिवन प्रभावित वन्न थालेको छ ।
विहानै देखि हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेको कारण जनजिवन प्रभावित वन्न थाले हो ।
चिसोका कारण वजार क्षेत्रमा मानिसहरुको चहलपहलमा समेत कमी आउन थालेको छ । घाम नलाग्ने, शित लहरसंगै चिसो हावा चलेर जाडो बढ्न थालेपछि मानिसहरुका घर वाहिर समेत काम विशेषले मात्र निस्कन छोडेका छन । जाडो वढेसंगै सुनसरीको इटहरीका व्यापारी तथा स्थानीयहरु आगो बालेर ताप्न थालेका छन । चिसो बढेसंगै दैनिक मज्दुरी गरेर जीविकोर्पाजन गर्नेहरु मारमा पर्न थालेका छन ।
चिसो वढेसंगै स्वास्थ्य संस्थाहरुमा ज्वरो, निमोनिया, झाडापखाला, रुघाखोकी लगायतका विरामीहरुको आउने क्रम समेत बढ्न थालेका छन । चिकीत्सकले चिसोवाट वच्न न्याना कपडा प्रयोग गर्न तथा तातो खानेकुरा खान समेत सल्लाह दिन थालेका छन । चिसोको समयमा मजदुरी गर्ने , जेष्ठनागिरकहरु , असक्त तथा बालबालिकाहरु बढी प्रभावित हुने गरेका छन्। जाडो बढ्न थालेसँगै बाक्ला लगाउने लुगाहरु साथै न्यानो ओढ्ने औछ्याउनेहरुको कारोबार बढ्न थालेको छ ।




















