इटहरी । इटहरी ८ मा रहेको निर्माण टोल विकास संस्थाको आठ औं साधरणसभा तथा तेस्रो अधिवेशन र सामुदायिक भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । टोल बिकास सस्थाले नव निर्मित भवनको निर्मण सम्पन्न गरि उदघाटन गरेको हो ।स्थानिय र वडाको सहयोगमा निर्माण भएको साढे ५ धुर क्षेत्रफलमा रहेको भवन २३ लाख लागतमा निमार्ण सम्पन्न भएको हो ।
उक्त संस्थाले साधरणसभाको अवसरमा सोही टोलमा बसोबास गर्दै आएका जेष्ठ नागरिकहरु श्याम श्रेष्ठ र विष्णु माया पराजुलीलाइ सम्मान गरेको छ । साथै, एस.इइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै, भवन निमार्णमा आर्थिक सहयोग पुर्याउने विभिन्न व्यत्तिहरुलाइ समेत प्रसन्सा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमका अध्यक्षयता रत्न बहादुर डुम्जनले गरेका थिए भने प्रमुख अतिथि इटहरी उपमहानगर पालिका वडा न. ८ का वडाध्यक्ष रोहित चौधरी रहेको कार्यक्रममा विशिश्ट अतिथि कार्यपालिका सदस्य दिपा राइ ,चेतन धमला, सन्त बहादुर डुम्जन सहित विभिन्न अतिथिहरुको सहभागिता रहेको थियो । यसरी नै यो अधिवेसनले नया कार्यसमिति चयन गर्नेछ ।




















