इटहरी । प्यब्सन स्थापना दिवसको अवसरमा रामधुनीमा रहेको प्याब्सन वस्तीका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
३३ औ प्याप्सन दिवशको अवसरमा प्याब्सन कोशी प्रदेशको आयोजना तथा सुनसरी प्याप्सन र रामधुनि नगर प्याप्सनको संयोजमत्वमा विपन्न परिवारका बालबालिकाहरुलाइ न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
अत्यधिक जाडो बढिरहेको समयमा केहि सहयोग पुगोस भन्ने उद्धश्यले बस्तीका २५ घरलाई कम्मल ,२५ जनालाई बालबालिकालाई ट्रयाक सुट र ४० जनालाई कपी ,स्टेसनरी वितरण गरिएको सुनसरी प्याब्सनका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल नेलसनले जानकारी दिए । 
कार्यक्रम प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकालको अध्यक्षता तथा रामधुनि नगरपालिकाका नगर प्रमुख शंखरलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामधुनि नगरपालिकाका नगर उप प्रमुख तारा थापा, प्याब्सन कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुमित थापा,प्यब्सन सुनसरीका अध्याक्ष अनुप योञ्जन लगायतको सहभागिता रहेको थियो ।




















