इटहरी । एस इन्च्यिुट अफ मेनेजमेन्ट कलेजको आयोजनामा भएको एसआर डेण्ट २०२४ को प्रतियोगितामा विश्व आदर्श सेकेण्डरी स्कुल प्रथम हुन सफल विद्यार्थी लाई कलेजले सम्मान गरेको छ ।
पुस २१,२२ गते काठमाण्डौमा भएको विजनेस अन्तरगत प्रतियोगितामा देश भरीका १२ विद्यालयका ६० जना सहभागीमा भएकोमा विश्व आदर्शका ५ जना विद्यार्थीले प्रतियोगितामा पुरस्कार जित्न सफल भएका हुन ।
टिम लिडर प्रदिप भण्डारीको नेतृत्वमा अनुसुवा खतिवडा,दिया घिमिरे,तनुजा सुवेदी,आगमन खड्का,एन्जल राईले अन्तरवार्ता,बादबिबाद,हाजिरी जवाफ,अनुसन्धान लगायतका विषय वस्तुको प्रतियोगातामा प्रथम भएर विश्व आदर्शको नाम राख्न सफल भएको भन्दै कलेजले जनही नगद ५,५ हजार र पुरस्कार सहित माला लगाएर सम्मान गरेको हो । 
सम्मान कार्यक्रममा विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरे र प्राचार्य गणेश कुमार दुलाल लगायतले सम्मान गरेका थिए ।
विद्यार्थीको यो सफलताले कलेजमा अध्ययन गरिरहेका अन्य विद्यार्थीहरुलाई उर्जा प्रदान गर्ने काम समेत गरिएको विश्व आदर्शका अध्यक्ष घिमिरे बताए ।




















