इटहरी । केन्द्रीय नेतृत्वमा रहेकाहरुको समेत सहभागितामा नेपाल शिक्षक संघले  शिक्षिक विषयवस्तु केन्द्रित इटहरीमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

   नेपाल शिक्षक संघ सुनसरीको आयोजना तथा नेपाल शिक्षक संघ इटहरीको समन्वयमा केन्द्रीय नेतृत्व तह शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

 संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष वेणु सिग्देलको अध्यक्षतामा अन्तरक्रिया आयोजना गरियो ।WhatsApp Image 2024-01-05 at 15.53.54

कार्यक्रममा सहभागी शिक्षकहरुले अहिलेको शैक्षिक अवस्था साथै शिक्षकहरुका विभिन्न समस्याका विषयमा नेतृत्वलाई जानकारी गराएका थिए । कार्यक्रममा नेपाल शिक्षक महासंघ महासचिव लक्ष्मीकिशोर सुवेदी , नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र बहादुर रावल लगायतका अतिथीहरुको सहभागिता रहेको नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णले जानकारी गराए ।

अन्तरक्रियामा पछिल्लो समयको शैक्षिक अवस्थाका विषयमा छलफल गरिएको थियो ।WhatsApp Image 2024-01-05 at 15.53.55 (2)