सुन्दरहरैचा । इन्द्रपुर जेसिजको २२औं र इन्द्रपुर जुनियर जेसिजको ६औं पदस्थापना एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्य तथा इन्द्पुर जेसिजकी वर्ष २०२३की अध्यक्ष विना सुवेदी आर्चायको अध्यक्षतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।

इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवन,बिराटचोकमा भएको    पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिजकी वर्ष २०२३की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४का अध्यक्ष उत्सव थापालाई जेसिज चेन सहित पदभार हस्तान्तरण गरिन ।vlcsnap-2024-01-02-15h40m29s864

त्यसै गरी जुनियर जेसिज वर्ष २०२३का अध्यक्ष रिकेश भण्डारीले वर्ष २०२४का अध्यक्ष मदन भण्डारीलाई पदभार हस्तान्तरण गरे ।

पदस्थापना कार्यक्रममा वर्ष २०२४मा अध्यक्ष उत्सव थापाले जेसिजले व्यक्तिमा नेतृत्व तथा व्यक्तित्व विकासका लागि महत्पुर्ण योगदान पुर्याउदै आएको र आफनो कार्यकालमा समेत नेतृत्व तथा व्यक्तित्व विकासमा मद्धत पुग्ने गतिविधिहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिक्रिया दिए ।vlcsnap-2024-01-02-15h38m34s887

वर्ष २०२४का लागि इन्द्रपुर जेसिजको नयाँ कार्यसमितिमा उपाध्यक्ष निरु बजगाई , गोपाल दाहाल, रामप्रसाद ढकाल, अल्का सुवेदी , कार्यकारी उपाध्यक्षमा रमेश खतिवडा , समिर बस्नेत जनसम्पर्क अधिकारीमा दिवस रिजाल  चयन भएका छन । पदस्थापना कार्यक्रममा कोशी प्रदेशका पुर्व राज्य मन्त्री राजकुमार ओझा ,कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी , सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई , पुर्व नगरप्रमुख शिव प्रसाद ढकाल नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष भिम कुँवर तथा विभिन्न स्थानका जेसिज अध्यक्षहरु लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।vlcsnap-2024-01-02-15h39m37s184