इटहरी । इटहरी जेसिजको ३६औं पदस्थापना तथा इटहरी जुनियर जेसिजको १८औं पदस्थापना एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्य तथा इटहरी जेसिजका वर्ष २०२३का अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा पदस्थापना कार्यक्रम सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा इटहरी जेसिजका वर्ष २०२३का अध्यक्ष योगेन्द्र पौडेलले वर्ष २०२४का सुमन सुवेदीलाई पदभार सहित जेसिज चेन हस्तान्तरण गरेका थिए ।
त्यसै गरी इटहरी जुनियर जेसिजकी वर्ष २०२३की अध्यक्ष स्मृति न्यौपानेले वर्ष २०२४का पवन विष्टलाई पदभार सहित जेसिज चेन हस्तान्तरण गरिन ।
कार्यक्रममा वर्ष २०२४का इटहरी जेसिजको कार्यसमितिलाई अध्यक्ष सुमन सुवेदीले पदस्थापना गराएका थिए ।
वर्ष २०२४का लागि इटहरी जेसिजको उपाध्यक्षमा खगेन्द्र खतिवडा , सन्तोष ढकाल , सरोज चौलागाई र सरोज कार्की, सचिवमा प्रदोश ढकाल कार्यकारिणी उपाध्यक्षमा मिलन कार्की र प्रज्वल बस्नेत रहेका छन भने महासचिवमा मिसन पराजुली लाई चयन गरेको छ ।
मुक्तीनाथ दाहालको संयोजकत्वमा भएको पदस्थापना कार्यक्रमा पुर्व अध्यक्षहरुले स्थापना गरेका विभिन्न विद्याका १३ वटा अवार्डहरु वितरण गरिएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी वल वराह वाहिनीका सशस्त्र प्रहरी वरिष्ट उपरीक्षक रविनराज कर्णजित , नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष महेश पौडेल, जेसिजका सिनेटर दिलकुमार बन , राजेश श्रेष्ठ , ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरी मुख्य सञ्चालिका शारदा सिटौला,उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली लगायतका विभिन्न स्थानका जेसिज अध्यक्षहरु त्था संघ सस्थाका अतिथीहरुको सहभागिता रहेको थियो ।




















