इटहरी । चर्चित गीतकार, मुक्तककार एवम् कवि दिनेश थपलियाको नवीनतम कविता संग्रह म गाउँ फर्किन्छुको इटहरीको दुर्गा पाटी प्यालेसमा लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।
अच्छा राई रसिक साहित्य प्रतिष्ठानको आयोनामा कार्यक्रम साहित्यकार कवि दिनेश थपलियाको कृति लोकार्पण सम्पन्न भएको हो ।
१३८ पेजको रहेको साझा प्रकासनले प्रकासन गरेको कुलसदप जंगबहादुर गुरुङको आवरणकला रहेको म गाउँ फर्किन्छु कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपाने , विशेष अतिथि इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल एवम् अतिथिहरुबाट सामुहिक रुपमा लोकापर्ण गरिएको थियो ।
पुस्तक लोकार्पण पश्चात समिक्षक कवि टिका आत्रेय र डा. दीपक न्यौपानेले पुस्तकको विषयमा समिक्षा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंक प्रसाद न्यौपानेले पुस्तकका बारेमा बोल्दै कवि दिनेश थपलियाले देश प्रेमको मसिले लेखिएको यो संग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको सहभागीहरुले बताए ।
लोकार्पण भएको कृती बारे टिप्पणी गर्दै समिक्षक कवि टिका आत्रेय पौडेलले पढ्नै पर्ने कृती रहेको बताइन । 
पुस्तकमा प्रयोग भएका भाषा र बिम्ब निक्कै ओजपूर्ण भएको उनको बुझाई छ ।
पुस्तक पढ्दै जाँदा धेरै ठाउँमा भावुक र रोमाञ्चित अनुभूति हुने उनको भनाई छ । देश प्रेम र राज्यसत्ता माथि शान्ति वातावरण बनाई राख्नु पर्ने कृति मार्फत सन्देश दिन सक्ने लेखकको रुपमा थपलिया स्थापित भएको न्यौपानेले बताए । कार्यक्रममा कवि दिनेश थपलियाले संग्रह भित्रका कविता वाचन गरेका थिए ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य , साहित्यकार प्रेमप्रसाद भट्टराई कवि अनिल पौडेल लगाएत साहित्यकारहरुकोे उपस्थीती रहेको थियो ।




















