इटहरी । सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

आज सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले मुना प्रसाई तिम्सीनाको अध्यक्षतामा  नयाँ कार्य समिती चयन गरेको हो । 

 नयाँ कार्य समितीको उपाध्यक्षमा पद्मादेवी पन्धाक, सचिवमा जानुकला तामाङ कोषाध्यक्षमा पुनम थापा मगर सदस्यहरुमा वालकुमारी लुइटेल , कमला निरौला ,सुष्मा थापा लगाएतका  १३ जनाको संचालक समितीमा निर्विरोध चयन गरेको छ भने लेखा समिती सम्योजकमा विनोद भट्टराई सदस्यमा शसी आचार्य र पदमकुमारी भण्डारी लाई चयन गरेको छ । कार्य समितीका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत जगननाथ फुयलले सपथ गराएका थिए । 

सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको  ९ हजार बढी सदस्य रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले आर्थीक वर्ष २०७९÷०८० को वार्षिक साधारणसभा गरेको हो । 

संस्थाको कुल सेयर पुजी ७,४५,३९,००.०० रहेको छ भने निक्षेप ५४,१३,०२,५७५.०० रहेको छ ।  WhatsApp Image 2023-12-29 at 16.46.14

कार्यक्रमको उद्घाटन सत्रमा सहकारीकी अध्यक्ष अमृता सुब्बाले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थापक अध्यक्ष समेत रहेकी उनले सहकारी स्थापनाको संघर्ष र हालको अवस्थाबारेमा जानकारी गराएकी थिइन् । 

सहकारीको विकास र व्यवस्थापनलाई अझ चुस्त दुरुस्त बनाउनका लागि विभिन्न काम भइरहेको अध्यक्ष सुब्बाले बताइन । 

जेष्ठ नागरिक समाज इटहरीका अध्यक्ष खगेन्द्र प्रसाद निरौलाको प्रमुख तातिथ्यमा भएको WhatsApp Image 2023-12-29 at 16.46.15

कार्यक्रममा  नेफ्सकुनका   सञ्चालक सदस्य सालिकराम ढकाल,जिल्ला सहकारी संघका अध्यक्ष गंगाप्रसाद दाहाल लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सहकारी सदस्यहरुको उपस्थिती रहेको थियो ।