इटहरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको प्रथम साधरणसभा तथा अधिवेशनले पुनः तेजबहादुर पुरीको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ ।
इटहरीको तालतलैयामा भएको प्रथम साधरणसभा तथा वनभोज सहितको अधिवेशनले,बरिष्ठ उपाध्यक्षमा बाशुदेव बराल, उपाध्यक्षहरुमा सुनिल भुषाल,कृष्ण पराजुली,महासचिवमा माधव दाहाल ,सचिवमा भोगेन्द्र थापा,कोषाध्यक्षमा दुर्गा थापा ,सह कोषाध्यक्ष प्रकाश महतो र सदस्यहरुमा केशव गिरी,बासुदेव खरेल, भेषराज बराल,सिताराम राई,बाबुराम गिरी, राजु श्रेष्ठ,गोपाल पुरी,बेल बहादुर थापा, रामकाजी गिरी,कुनाल सान्दुप लामा,रविन अधिकारी,रमेश श्रेष्ठ,शसी चौधरी,कुल बहादुर कार्की लगायतका २२ सदस्य निर्विरोध कार्य समिती चयन गरेको छ । 
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ अध्यक्ष तेज बहादुर पुरीको अध्यक्षता तथा होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष देवी गौतम रबिनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी टेकवहादुर कार्की, पुर्व केन्द्रीय सदस्य मणिन्द्र बहादुर कटुवाल,उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष पिताम्बर पोख्रेल,प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुब ढकाल,होटल तथा लज व्यवसायी समितीका अध्यक्ष उमेश दाहाल ,सल्लाहकारहरु देशबन्धु कार्की,धनबहादुर पुरी,गोविन्द थापा लगायतको सहभागिता रहेको थियो ।




















