इटहरी । लामो समय देखि विवादित हुदै आएको इटहरी उपमहानगरपालिकाको कर वृद्धिको समायोजन गरिने नगरप्रमुख हेमकर्ण पौडेलले वताएका छन ।

   केही समयपछि बस्ने नगरसभाले भुमी सहितका विभिन्न करहरुलाई समायोजन गर्ने नगरप्रमुख पौडेलले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन । उपमहानगरपालिका प्रमुख पौडेलले नेकपा एमालेका तर्फबाट कार्यपालिकामा रहेका साथीहरुले दोहोर चरित्र देखाएर आफुलाई बदनाम गर्न खोजिएको समेत पत्रकार सम्मेलनमा गुनासो गरे । करवृद्धि गर्ने कार्य कार्यपालिकाको वैठकले गरेर कार्यपालिकामा एमालेकै दुई तिहाई नजिकको वहुमत भएपनि नगरप्रमुखले झुक्याएर गरेको भन्दै प्रचारबाजी गर्ने काम गरिएको पौडेलले दुखेसो गरे ।

उनले कर समायोजनका लागि समिति वनाइएको र समितिले वुझाएको प्रतिवेदन अनुसार साथै नगरवासीका हितमा हुने गरि समायोजन गरिने समेत जानकारी दिए ।WhatsApp Image 2023-12-28 at 16.41.43

एमालेका तर्फबाट कार्यपालिकामा रहेका साथीहरुले पहिले निर्णण गर्ने अनि पछि पार्टीले दवाव दियो भनेर नगरप्रमुखले एकल निणर्य गरयो भनेर प्रचार गर्ने काम गर्दै आएको र भुमी सम्वन्धी करका विषयमा एमालेका साथीहरुले आफुहरुको स्वार्थका लागि मात्र पाँच वटा वडाको समायोजन गर्न दवाव दिएको तर आफुले २०वटै वडाको समायोजन गर्नु पर्नेमा जोड दिदै आएको समेत नगरप्रमुख पौडेलले वताए ।

नगरप्रमुख पौडेलले एमालेका केही व्यक्तिले आफनै पार्टीबाट निर्वाचित द्धारिकलाल चौधरीलाई समेत सरकार चलाउन नदिएको भन्दै म त अर्काे पार्टीको परे त्यसैले एमालेले अप्ठ्यारो वनाउदै आएको पौडेलको आरोप रहेको छ ।

   भुमि कर सम्वन्धी विषयमा कुरा नमिलेपछि नगरसभा स्थगीत भएपनि नगरप्रमुखले आफु खुशी नगरसभा स्थगीत गरेको भनेर प्रचार गरिएको भन्दै नगरप्रमुख पौडेलले पत्रकार सम्मेलन गरेका हुन ।