इटहरी । विद्यार्थीहरुमा हुन सक्ने आँखा तथा कानको समस्यालाई मध्यनजर गर्दै सुनसरीको इटहरी उपमहानगरपालिका २ मा रहेको शान्तिनगर इङ्लिस स्कुलले आँखा कान स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेपाल नेत्र ज्योति संघ विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा तथा कान परिक्षण सहितको स्वास्थय शिविर सञ्चालन गरिएको हो ।
शान्ति नगर इङ्लिस स्कुलका प्ले ग्रुप देखि कक्षा १० सम्म अध्ययन गरिएका विद्यार्थीहरुको आँखा तथा कान परिक्षण गरिएको थियो ।
चस्मा आवश्यक पर्ने विद्यार्थीहरुलाई चस्मा समेत निशुल्क उपलव्ध गराइएको थियो ।
कोभिडकाल देखि विद्यार्थीहरुले धेरै मोवायल चलाउन थालेको र मोवायलका कारण आँखामा समस्या देखिने तर्फ मध्यनजर गर्दै आँखा परिक्षण सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको विद्यालयका शैक्षिक निर्देशक उत्तम पौडेलले जानकारी गराए ।
शान्तिनगरइङ्लिस स्कुलमा ३सय ५० विद्यार्थी अध्ययनरत रहेका छन ।




















