इटहरी । वालवालिकाहरुका क्षेत्रका काम गर्दै आएको सामाजिक संस्था किवानिस क्लव अफ सुन्दरहरैचाको वर्ष २०२३ , ०२४को पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
किवानिस क्लव प्रदेश डिभिजन १को वैठकको अवसर पारेर किवानिस क्लव अफ सुन्दरहरैचाको पदस्थापना गरिएको हो ।
सुनसरीको इटहरीमा रहेको होटल इन टुरिष्टमा वर्ष २०२३, २०२४की अध्यक्ष पार्वती गच्छदारलाई वर्ष २०२२,२०२३का अध्यक्ष शंकर प्रसाद बजगाईले ग्यामल र पिन सहित पदभार हस्तान्तरण गरेका हुन ।
पार्वती गच्छदारको अध्यक्षतामा किवानिस क्लव अफ सुन्दरहरैचाको २१ सदसिय वर्ष २०२३ ,०२४का लागि कार्यसमिति चयन भएको छ । सो कार्यसमितिको पदस्थापन कार्यक्रमका प्रमुख अतिथि किवानिस क्लव नेपालका डिष्ट्रिक गर्भनर तिर्थ कुमार सिंहले पदस्थापन गराएका थिए । सो समितिमा निर्वाचित अध्यक्ष यादव पौडेल , उपाध्यक्ष हर्कराज राई , सचिव उपेन्द्र बजगाई रहेका छन । क्लवकी अध्यक्ष गच्छदारले आफनो कार्यकालमा वालबालिकाहरुका लागि क्यान्सर परिक्षण ,आँखा उपचार सहितको शिविर,संचालन तथा २३जना सुन्दरहरैचा क्षेत्रका विपन्न परिवारका विद्यार्थीहरुलाई एक वर्षका लागि शैक्षिक सामाग्रीहरु उपलव्ध गराउने जानकारी गराइन ।
सो पदस्थापन कार्यक्रममा किवानिस क्लवका डिष्ट्रिक सेक्रेटरी युवराज न्यौपाने अर्थ संयोजक शिव बहादुर काफ्ले, किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङ , किवानिस क्लव अफ इटहरीका सस्थापक अध्यक्ष सुहाम खेवा लिम्वु लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















