इटहरी । नागरिक उन्मुक्ति पार्टीको कैलालीमा हुने एकता महाधिवेशनमा सहभागी हुने भएको छ ।

 यही पुस २६,२७ र २८ गते कैलालीको टिकापुरमा हुने ऐतिहासिक महाधिवेशनमा पुर्व क्षेत्रबाट समेत नागरिक उन्मुक्ति पार्टीसंग एकता गरेकाहरुको समेतको सहाभागितामा एकता अधिवेशन गरिन लागेको इटहरीमा पत्रकार सम्मेलन गरि जनाइएको हो ।

    नागरिक उन्मुक्ति पार्टी एकीकृत १ नम्बर प्रदेश कार्य समितिको नाममा गरिएको पत्रकार सम्मेलनमा नेपालीहरुको मौलिक विशेषता सहितको पहिचानमा आधारित प्रदेश स्थापना गर्न पहिचानवादी दल शक्तिहरुको एकताको महसुस गरेर नागरिक उन्मुक्ति पार्टीसंग एकता गरेकाहरुको सहभागिता रहने जनाइयो । पुर्वमा सक्रिय संघीय लोकतन्त्रिक राष्ट्रिय मञ्च, कोचिला संयुक्त संघर्ष समिति र जागरण अभियान नागरिक उन्मुक्ति पार्टीमा एकता भईसकेको सो अवसरमा जानकारी गराइयो । पुर्वमा रहेका दलहरु तथा शक्तिहरुसंग एकता गरेर बनेको नागरिक उन्मुक्ति पार्टी एकीकृत १ नम्बर प्रदेशका अध्यक्ष धनबहादुर पङधाकले पार्टीका विषयमा जानकारी गराएका थिए सो क्रममा उनले एक सय २३ सदस्य प्रदेश समिति वनाएको र पहिलो बैठकबाट आमन्त्रित सदस्यहरु मनोनित गर्ने समेत पत्रकारहरुलाई जानकारी गराए ।