इटहरी । मेरी क्रिसमसको अवसर पारेर इटहरी नमुना कलेजका विद्यार्थीहरुले इभेन्टमेनेजमेन्ट अन्तरगत क्रिसमस उत्सव कार्यक्रम गरेका छन ।
नमुना कलेजमा अध्ययनरत विएचएम सन् २०२२का विद्यार्थीहरुले इभेन्टमेजमेन्ट अन्तरगत खानाको परिकार सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस उत्सव मनाएका हुन ।
कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न इभेन्ट अन्तरगत सिकाइका लागि कार्यक्रम आयोजना गरिने गरे जस्तै क्रिसमस इभेन्ट कार्यक्रममा ईण्डियन,युरोपियन खानाको परिकारको साथमा सांगितिक प्रस्तुति समेत रहेने कार्यक्रममा अभिभावक,उद्योगी,विद्यार्थी लगायतका एकसय बढीको सहभागिता रहने कलेजका विएचएम कोर्डिनेटर सालिकदत्त भट्टराईले जानकारी दिए ।
इटहरी नमुना कलेजका प्रमुख धर्म न्यौपानेको अध्यक्षता तथा हिशान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराइको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सोल्टी वेस्टेण्डका एचआर मेनेजर सागर घिमिरे लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।




















