इटहरी । सामाजिक कार्यमा सक्रिय किवानिस क्लव अफ इटहरीको  एक कार्यक्रम विच पदस्थापन सम्पन्न गरेको छ ।

 २०२३/२४ का लागी मनिता तामाङको अध्यक्ष्यतामा २० सदस्य नयाँ कार्य समिति चयन गरेको हो ।

त्यसै गरि प्रस्तावित अध्यक्ष निश्चल खुलाल ,भाइस पे्रसिडेन्ट, श्रदा विष्ट, कोषाध्यक्षमा संगिता कार्की, सचिवमा वासुदेव खड्का लगाएतका २० सदस्य कार्यसमिति चयन गरिएको छ । सस्थांपक अध्यक्ष सुहाम खेवा लिम्बुले तामाङलाई ग्याभल र पिन हस्तान्तरण गरी २०२३,२४की अध्यक्षलाई पद हस्तान्तरण गरेका थिए ।             IMG_20231224_192800 1       पदस्थापन कार्यक्रमका प्रमुख अतिथि किवानिस क्लव  नेपालका डिष्ट्रिक गर्भनर तिर्थ कुमार सिंहले सपथ  गराएका थिए ।IMG_20231224_192733

सो पदस्थापन कार्यक्रममा उद्योग वाणिज्य सघं इटहरीका अध्यक्ष जिवन पराजुली, निःसाहय बालबालिका सेवा आश्रमकी अध्यक्ष गिता गौतम,किवानिस क्लवका डिष्ट्रिक सेक्रेटरी युवराज न्यौपाने, अर्थ संयोजक शिव बहादुर काफ्ले, किवानिस क्लव अफ सुन्दरहरैचाकी अध्यक्ष पार्वती गच्छादार, किवानिस क्लव अफ तरहराका अध्यक्ष सन्तोष कट्वाल लगाएतका अतिथीहरुको सहभागिता रहेको थियो । त्यसै गरी नया कार्य समिति सदस्यहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो । यस क्लबले विभिन्न समयमा   निसाहय बालबालिकाहरुलाइ कपडा वितरण, रक्तदान कार्यक्रम साथै विभिन्न सामाजिक काम गर्दै आएको छ ।