इटहरी । भोजपुर समाज सेवा केन्द्र इटहरीले एक कार्यक्रमको आयोजना गरि छैठौं साधारण सभा सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष शालिग्राम पाण्डेको अध्यक्षता तथा समाजका सल्लाहकार केदार मान राईको प्रमुख आतिथ्यमा भोजपुर समाज सेवा केन्द्र इटहरीको छैठौं साधारण सभा आयोजना गरिएको हो ।
सो अवसरमा वक्ताहरुले भोजपुरबाट सुनसरीको इटहरी आएर बसोबास गर्दै आएकाहरु छरिएर रहेको तर्फ मध्यनजर गर्दै केन्द्रले एकीकृत गर्नु पर्ने वताए ।
त्यसै गरी भोजपुरेहरुलाई समस्या परेको समयमा समाजमा आवद्धहरुले सहयोग उपलव्ध गराउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वतन्त्र नागरिक समाज इटहरीका अध्यक्ष मोहन प्रसाद ढकाल , शिव राई , राजकुमार गजमेर लगायतले बोलेका थिए । साधारण सभामा सचिव राजन बस्नेतले विभिन्न समयमा केन्द्रले रक्तदान , वृक्षारोपण , सरसफाई , आश्रमहरुलाई सहयोग ,स्वास्थ्य शिविर सञ्चालन गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।




















