इटहरी । सामाजिक समावेशीतामा लौगिक समानताको महत्वलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले जनप्रतिनिधिहरु समेतको सहभागितामा कार्यशाला सुरु गरेको छ ।

 इटहरी उपमहानगरपालिका समाजिक विकाश महाशाखाको आयोजनामा दुई दिवसियय लौगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी कार्यशाला सुरु गरिएको हो ।WhatsApp Image 2023-12-22 at 16.25.41 (1)

उपमहानगरपालिकाकी उपप्रमुख संगिताकुमारी चौधरीको अध्यक्षता तथा नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा आज र भोली सम्म सञ्चालन हुने कार्यशालामा समिता श्रेष्ठले लौगिक समानता र सामाजिक समावेशिताका विषयमा सहजिकरण गर्ने आयोजकले जानकारी दिए । WhatsApp Image 2023-12-22 at 16.25.39

कार्यशालामा इटहरी उपमहानगरपालिका क्षेत्रका वडाध्यक्षहरु , कार्यपालिका सदस्य , विभिन्न शाखा महाशाखाका प्रमुख लगायतको सहभागिता रहेको कार्यशाला उदघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता , सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडी , माइती नेपाल परामर्श तथा पुनरस्थापन केन्द्र इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्की , भ्वाइस अफ चिल्डेन इटहरीका प्रमुख भरत थापा , युवा विकास केन्द्र इटहरीका निर्देशक निराजन खड्का लगायतका अतिथीहरुको समेत सहभागिता रह्ेको थियो ।