इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १६मा रहेको रामजानकी वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई लक्षित गरि स्वास्थ्य शिविर गरिएको छ ।

  एकम्बा स्वास्थ्य चौकीको आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १६को आर्थिक सहयोगमा आश्रममा बस्दै आएका जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य शिविर आयोजना गरिएको हो ।IMG-20231220-WA0003

इटहरी उपमहानगरपालिका वडा नम्बर १६का वडाध्यक्ष तेजनारायण चौधरीको प्रमुख आतिथ्य तथा एकम्बा स्वास्थ्य चौकीका प्रमुख रामकुमार धमलाको अध्यक्षतामा आश्रमका रहेका जेष्ठ नागरिकहरुलाई लक्षित स्वास्थ्य शिविर सञ्चालन गरियो । स्वास्थ्य शिविरमा ब्लड सुगर लेवल , आँखा ,कान , दाँत ,रुघाखोकी , छाला लगायतका जनरल समस्याहरुका परिक्षण गरिएको साथै औषधी समेत निशुल्क उपलव्ध गराइएको एकम्बा स्वास्थ्य चौकीका प्रमुख धमलाले जानकारी गराए । स्वास्थ्य शिविरमा आश्रममा रहेका २६जना जेष्ठ नागरिकहरुले सेवा लिएको समेत जनाइयो । त्यसै गरी आश्रमलाई स्वास्थ्य चौकीको तर्फबाट एक थान प्राथमिक स्वास्थ्य उपचार किट समेत उपलव्ध गराएको छ  ।