इटहरी । नेपाल रेडक्रस सोसाइटीका विषयमा जानकारी सहितको रेडक्रस अंकित अभ्यास पुस्तिका सुनसरीको इटहरीमा रहेको कविर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले कविर माविका विद्यार्थीहरुका लानी ५सय थान रेडक्रस अंकीत अभ्यास पुिस्तका उपलव्ध गराएको हो ।
मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था रेडक्रसका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने तथा विपन्न परिवारका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुगोस भनेर अभ्यास पुस्तिका वितरण गरिएको सो अवसरमा जानकारी गराइयो । 
नेपाल रेडक्रस सोसाइटी इटहरीका निवर्तमान सभापति विमल पौडेलको अध्यक्षता कविर माविमा कक्षा ३मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई साथै विद्यालयका प्रधानाध्यापक मिनु न्यौपाने र सहायक प्रधानाध्यापक विष्णु दाहाललाई अभ्यास पुस्तिका हस्तान्तरण गरियो ।
अभ्यास पुस्तिका हस्तान्तरण कार्यक्रममा रेडक्रस इटहरीका सचिव सञ्जीव ढुंगाना , उपसचिव हरि तिम्सिना लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
रेडक्रस इटहरीले विद्यार्थीहरुलाई रेडक्रस अंकीत अभ्यास पुस्तिका साथै जाडोको समयमा विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडाहरु समेत वितरण गर्दै आइरहेको छ ।




















