इटहरी । मधुमेहका विरामीहरुलाई आँखामा समेत समस्या देखिने तर्फ मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाईटी इटहरीले मधुमेह भएकाहरुलाई लक्षित गरी आँखा जाँच शिविर गरेको छ ।

 रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा मधुमेहका विरामीहरुलाई लक्षित आँखा जाँच शिविर गरिएको हो ।

 आँखा जाँच शिविरमा आएका आँखाका विरामीहरुलाई निशुल्क उपचारका व्यवस्था मिलाइएको आयोजक नेपाल रेडक्रस सोसाइटी इटहरीले जनाएको छ । IMG_20231125_110532आयोजक संस्थाका सभापति दिनेश भट्टराईले इटहरी क्षेत्रका मधुमेह भएका विरामीहरुलाई निशुल्क रुपमा आँखा जाँचको व्यवस्था मिलाइएको र आँखामा समस्या हुनेहरुलाई निशुल्क औषधी उपचार समेत गरिएको जानकारी गराए । अध्यक्ष भट्टराईले शिविरमा आँखा जाँच गर्न आउनेहरुमा अप्रेशन गर्नु परेमा आफुहरुको समन्वयमा निशुल्क गर्ने व्यवस्था समेत मिलाउने समेत वताए ।                                                                            आँखा शिविरमा १५१ जनाको जांच गर्दा   त्यस मध्ये ४७ जनालाई अलि जटिल  समस्या भएका लाई  रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरमा  उपचार गरिने सचीव सन्जिब ढुंगानाले जानकारी दिए  ।IMG_20231125_110611

नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति भट्टराईको अध्यक्षता तथा पुर्व अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको निशुल्क आँखा जाँच शिविरमा इटहरी क्षेत्रका मधुमेह भएकाहरुले सेवा लिएका थिए । मानवीय सेवाका क्षेत्रमा  काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी इटहरीले जाडो सुरुवात भएसंगै विपन्न परिवारका विद्यार्थीहरुलाई स्वीटर वितरण गर्ने तयारी समेत गरेको सो अवसरमा जानकारी गराए   ।