इटहरी । आदिवासी थारु समुदायका महिलाहरुले मनाउदै आएको समा चकेवा सुनसरीको इटहरीमा सामुहिक रुपमा समाचखेवा कार्यक्रम गरि मनाइएको छ ।
थारु महिला सभा इटहरीको आयोजनामा इटहरीको मुख्य चोक पश्चिम लाइन क्षेत्रमा सामाचखेवा सामुहिक कार्यक्रम गरिएको हो ।
थारु समुदायका महिलाहरुले प्राचीनकालदेखि मनाईँदै आएको समाचकेवाको धार्मिक तथा सांस्कृतिक पक्षहरुका विषयमा जानकारी मुलुक प्रस्तुति समेत समावेस गरेर कार्यक्रम गरियो । हाम्रो भाषा हाम्रो भेष थारु संस्कृति बेस भन्ने नारा साथ मनाइएको सामाचकेवा कार्यक्रममा सहभागी हुन इटहरीका विभिन्न वडाहरुबाट जातिय भेषभुषामा सजिए थारु समुदायका महिलाहरु झाँकी आएका थिए । 

थारु महिला सभा इटहरीकी अध्यक्ष सुनिता कुमारी चौधरीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थारु समुदायका महिलाहरुले लगाउने भेषभूषामा सजिएर टाउकोमा समाचकेवा सजाईएको ढाकी डाली र नाङ्लो बोकेर इटहरीको मुख्य चोक क्षेत्र परिक्रमा गरी कार्यक्रम स्थलमा सहभागीहरु पुगेका थिए । कार्यक्रममा पौराणीका नृत्य समेत प्रदर्सन गरियो । समाचकेवा सजाईएको ढाकी डाली वा नाङ्लोलाई थारु समुदायका महिलाहरुले भोलि साँझपख तलाउ पोखरी, खोला वा पानी भएको स्थानमा लगेर विधिपूर्वक विसर्जन गरी यस वर्षको समाचकेवा समापन गर्दछन । कार्यक्रम थारु महिला सभा सुनसरीकी अध्यक्ष शुशिला लेखी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















