इटहरी । पछिल्लो राजनैतिक अवस्थालाई दृष्टिगत गरी स्वतन्त्र नागरिक समाज सुनसरीले इटहरीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

   स्वतन्त्र नागरिक समाज सुनसरीले देशको वर्तमान राजनितिक परिवेशमा नागरिकको दायित्व विषयक अन्तरक्रियाको आयोजना गरेको हो ।

स्वतन्त्र नागरिक समाज सुनसरीका अध्यक्ष मोहन ढकालको अध्यक्षता तथा समाजका सल्लाहकार अधिवक्ता सुमनचन्द्र कार्कीको प्रमुख आतिथ्यमा अन्तरक्रियामा रहेको थियो । WhatsApp Image 2023-11-25 at 16.39.19 4अन्तरक्रियामा पछिल्लो समयमा विकसित राजनितिक घटनाक्रम देखि लिएर आगामी दिनका विषयमा समेत सहभागीहरुले चर्चा गरेका थिए । अन्तरक्रियामा सहभागी वक्ताहरुले पछिल्लो राजनैतिक अवस्थाका विषयको चर्चा र विश्लेषण गरेका थिए ।WhatsApp Image 2023-11-25 at 16.39.20 4

अधिवक्ता शालिग्राम पाण्डे लगायतले अहिले राजनितिक अवस्थाका विषयमा बोलेका थिए । कार्यक्र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का ,  इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेकवहादुर कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।