इटहरी । ९औं उद्योग दिवसको अवसर पारेर सुनसरीको इटहरीमा उद्यमी महिलाहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

   घरेलु तथा साना उद्योग कार्यालय इटहरीले सुनसरी जिल्लाका उद्यमी महिलाहरुलाई सहभागी गराएर उद्योगसंग सम्वन्धित विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

  कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयकी महाशाखा प्रमुख लक्ष्मी आर्चाय पराजुलीको प्रमुख आतिथ्य तथा घरेलु तथा साना उद्योग कार्यालय इटहरीका प्रमुख हरिप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग सम्वन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरियो ।WhatsApp Image 2023-11-25 at 16.23.27 1

अन्तरक्रियामा उद्योगसंग सम्वन्धित बजार , बजारिकरण , उद्योग सञ्चालन , उत्पादन , कच्चा पदार्थ लगायतका विषयहरुमा समस्या समाधान लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरियो ।

सो क्रममा सहभागी महिलाहरुले उद्योग सञ्चालनका क्रममा भोग्नु परिरहेका विभिन्न समस्या समाधानका लागि पहल गरिदिन साथै समय सयममा तालिम उपलव्ध गराउनु पर्ने लगायतका मागहरु गरेका थिए ।WhatsApp Image 2023-11-25 at 17.55.14

  अन्तरक्रियामा घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा  २सय३५ उद्योगहरु दर्ता भएको तथा आर्थिक वर्ष २०७९ ।०८० सम्म १२हजार २सय ३९ उद्योगहरु दर्ता भएको जानकारी गराए ।

कार्यक्रममा ४० जना जिल्लाका विभिन्न ठाउँका महिला उद्यमीहरुको सहभागिता रहेको थियो भने  उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी लगायतका उद्योगी व्यवसायीहरुको अतिथीका रुपमा सहभागिता रहेको थियो ।