संखुवासभा  । कोशी प्रदेशको  विकट पहाडी क्षेत्रमा रहेको संखुवासभाको भोटखोला गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

 भौगोलिक विकटताका कारण सहज रुपमा गाउँपालिका वासीले स्वास्थ्य उपचार सेवा लिन नसकिरहेको तर्फ मध्यनजर गर्दै भोटखोला गाउँपालिकाले स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा सेवा प्रदान गर्न आएका विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु  भौगोलिक विकटताका कारण हेलिकप्टरबाट शिविर स्थल आएका थिए ।

404300066_1411854896406176_1786953497150146605_n गाउँपालिकाबासीलाई लक्षित गरी पहिलो चरणमा वडा नम्बर २मा रहेको अरुणोदय माविमा यही मंसिर ६ र ७ गते स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो भने यही मंसिर ८ र ९ गते वडा नम्बर ४मा रहेको श्रीकृष्ण माविमा स्वास्थ्य शिविर सञ्चालन भई रहेको विद्यालयका शिक्षक धारचे भोटेले जानकारी गराए । स्वास्थ्य शिविरको उदघाटन भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदार लामा भोटे र कोशी प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले संयुक्त रुपमा गरेका थिए । स्वास्थ्य शिविरमा शिक्षण अस्पताल महाराजगंज तथा मनमोहन कार्डियोथोरोसिक भ्यास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका विशेषज्ञ चिकित्सक ,स्वास्थ्यकर्मी र प्राविधिकहरुले स्वास्थ्य सेवा पुरयाएका थिए । स्वास्थ्य शिविर विपन्नको लागि स्वास्थ्य ,नेपाल घुन्सा फाउन्डेसन काठमाडौको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जनाइएको छ ।