इटहरी । १२ औं राष्ट्रिय कर दिवसको अवसर पारेर सञ्चालित कर सप्ताह समापनको अवसरमा आन्तरिक राजस्व कार्यालय इटहरीले विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ ।

  यही मंसिर १ गते देखि सञ्चालन गरिएको कर सप्ताह कार्यक्रम समापनका अवसरमा सेवा क्षेत्रतर्फ सबै भन्दै बढी कर बुझाउने विश्व आदर्श एकेडेमी प्राइभेट लिमिटेडका प्राचार्य गणेश कुमार दुलाल  लगायतलाई उत्कृष्ट करदाताको  रुपमा सम्मान गरेको हो ।

स्वच्छ पारदर्शी र प्रविधिमैत्री कर प्रशासन सामाजिक न्याय ,र आर्थिक समृद्धि र सुशासन भन्ने नारा साथ मनाइएको १२औं राष्ट्रिय कर दिवसक समापन कार्यक्रममा सेवा क्षेत्र तर्फ  आर्थिक वर्ष २०७८,०७९मा विश्व आर्दश एकेडेमीले १करोड १८ लाख ८४हजार ६सय ७५ रुपैया कर वुझाएको सो अवसरमा जानकारी गराइयो ।

1efa9bbe-efb5-4dd3-a163-3f19d625e3bcत्यसै गरी व्यापार तर्फ  प्रभु फ्युल सेन्टर प्राइभेट लिमिटेड तरहरा उद्योग तर्फ धरान प्लाष्टिक्स ईटहरी १३ बैंक तथा वित्तीय संस्था तर्फ सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ईटहरी वडा नम्बर४ लाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरियो ।WhatsApp Image 2023-11-24 at 10.21.37आन्तरिक राजस्व कार्यालय ईटहरीका प्रमुख कर अधिकृत अर्जुन न्यौपानेको अध्यक्षता तथा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख  सुरेश आर्चाय लगायत उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।