इटहरी । नेपाल तरुण दल सुनसरी जिल्लामा सरसफाई अभियान सुरु गरेको छ ।

विगत देखि नै सरसफाई रक्तदान , विपदमा परेकालाई राहत वितरण लगायतका सामाजिक कार्य गर्दै आएको तरुण दल सुनसरीले यस पटक जिल्ला भरी नै सरसफाई अभियान सञ्चालन गरेको हो ।

   नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुगंले जिल्लामा सरसफाई अभियान सञ्चालन गर्ने क्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २०बाट सुरुवात गरिएको जानकारी गराए। तरुण दल सुनसरीले सुरु गरेको सरसफाई अभियान अन्तरगत पहिलो दिन इटहरी उपमहानगरपालिका वडा नम्बर २०का तरुण दल सभापति आयुस जंग खड्काको संयोजकत्वमा सरसफाई गरियो ।WhatsApp Image 2023-11-23 at 13.39.21

सो क्रममा वडामा पर्ने सार्वजनिक क्षेत्रहरु सडक वजार लगायतको सरसफाई गरियो । सरसफाई अभियानमा तरुण दल सुनसरीका सदस्यहरु विवश विष्ट , प्रविण भारती र विवश राई लगायतको सहभागिता रहेको थियो ।