इटहरी । धार्मिक महत्व बोकेको वृद्ध गंगा नदी तटमा मनाइने छठ पर्वको अवसर पारेर धार्मिक शोभा यात्रा निकालिएको छ । कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म मनाइने छठ पर्वको अवसर पारेर वृद्ध गंगा नदी तटमा मनाइने छठ पर्वलाई लक्षित गरि धार्मिक शोभा यात्रा निकालिएको हो ।
सुर्य देवताको उपसना गरी मनाइने छठ पर्व श्रद्धा र निष्ठाको पर्वका रुपमा मनाउने गरिन्छ । सोही अवसर पारेर सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरबाट कलश सहितको शोभा यात्रा निकालियो ।
सुनसरी र मोरगं जिल्लालाई छोड्ने पुर्व पश्चिम राजमार्गसंगैको वृद्ध गंगाा नदि तटमा समानता र एकताको पर्वको रुपमा छठपर्व विशेष धुमधामका साथै विगत ३४ वर्ष देखि मनाउने गरिएको छ ।
छठ पर्व केन्द्रित धार्मिक शोभामा नौमती बाजा, धार्मिक झाँकी सहित इटहरीको मुख्य बजार क्षेत्र हुदै छठ पुजाका लागि तयार गरिएको वृद्ध गंगा नदि तटमा पुगेर छठ पर्वको धार्मिक पक्षका विषयमा चर्चा सहित धार्मिक सांस्कृतिक प्रस्तुति गरियो ।
सो कार्यक्रममा छैठ पर्व सेवा समिति इटहरीका पदाधिकारी सहित इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल , सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई लगायतका श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।
उदाउदो सुर्य र अस्ताउदो सुर्यको उपसना सहित अर्घ दिएर गरीने पुजाको विशेष महत्व रहने गरेको छ । छठको व्रत पारिवारिक सुखशान्ति र चिर्ताएको पुरा हुने बस्ने गरिन्छ । कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुले नुहाएर चोखिएर शाहाकारी भोजन गरी व्रत प्रारम्भ गर्दछ । दोस्रो दिनलाई खरना भनिन्छ यो दिन गोवरले लिपपोत गरी व्रतालुले गोप्य रुपमा पुजा गर्ने गर्दछन । व्रतालु पुजामा व्यस्त रहेको समयमा आफन्त तथा श्रदालुहरु वाहिर पर्खि वस्दछन । पुजापछि व्रतालु आफुले प्रसाद ग्रहण गरी अरुलाई प्रसाद वाड्ने गरिन्छ । तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ दिने र चौथो दिन अर्थात समापनको दिन विहान उदाउदो सुर्यलाई विधिवत रुपमा अर्घ दिएर छठ मनाउने परम्परा रहेको छ । यस वर्ष छठ पुजाका लागि ५सय पुजा घाट वनाइएको र दुईलाई श्रद्धालु भक्तजनहरुको सहभागिता हुने अनुमान गरिएको छ ।




















