इटहरी । मृगौला पिडित पत्रकार पि.बी. दियालीले आफुलाई चिकित्सकले मृगौला प्रत्यारोपण गर्न सल्लाह दिए पनि आर्थिक अवस्था कम्जोर रहेका कारण प्रत्यारोपण गर्न नसकिरहेको गुनासो गरेका छन।

  केही दिन देखि दुवै मृगौलामा समस्या देखिएका कारण विराटनगरको नोबेल अस्पतालमा उपचार गराउदै आएकोर केही रकम उपचारका लागि सहयोग जुटेपनि खर्च भई सकेकाले आफुलाई उपचारका लागि सहयोग गर्न पत्रकार दियालीले सहयोगी मनहरुलाई आग्रह गरेका हुन ।

   दियालीयालाई मृगौलामा समस्या देखिएपछि उपचार सुरु गरिएको र आर्थिक अवस्था कम्जोर रहेका कारण डा.खगेन्द्र ओलीको संयोजकत्वमा पि.बी.दियाली बचाउ अभियान संचालन गरी सहयोग संकलन जुटाउन थालिएको छ । सो अभियानबाट संकलन भएको रकम र दियालीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा हाल सम्म एक लाख २७हजार ७सय १५ रुपैया संकलन भएको जानकारी गराइयो ।WhatsApp Image 2023-11-17 at 16.28.26 पत्रकार सम्मेलनमा हाल सम्म संकलन भएको रकम उपचारका क्रम सकिसकेको अभियान्ताहरुले जानकारी गराए।  पत्रकार सम्मेलनमा सहभागी मृगौला पिडित पत्रकार दियालीले आफनो स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराउदै मृगौला प्रत्यारोपणका लागि १०लाख भन्दा वढी रकम लाग्ने भएको र आफनो आर्थिक अवस्था कम्जोर रहेकोले सो रकम खर्च गर्ने अवस्था नभएको गुनासो गरेका थिए । पत्रकार दियाली तीन दशक देखि इटहरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन ।