इटहरी । विपन्न परिवारका मानिसहरुलाई सहयोग गर्ने उद्धेश्य सहित मोरगंको सुन्दरहरैचामा नेकपा एमालेले देउसी भैलो कार्यक्रम गरेको छ ।
एमाले सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० कमिटीले देउसी भैलोबाट संकलित रकम विपन्न परिवारका मानिसहरुको सहयोगमा खर्च गर्ने उद्धेश्य सहित देउसी खेलिएको जनाइएको हो ।
पाटीका सुन्दरहरैचा नगरपालिका वडा नम्बर १०का अध्यक्ष तेज गिरीको संयोजकत्वमा भएको देउसी भैलो कार्यक्रम आज सांस्कृतिक प्रस्तुति सहित खोर्साने चोकमा देउसी भैलो खेलियो ।
देउसी भैलो कार्यक्रममा सुन्दरहरैचा नगरपालिका प्रमुख समेत रहेका एमाले नेता केदार प्रसाद गुरागाई , कलाकारहरु दिपक आचार्य , गंगा गौतम , तुलसी घिमीरे लगायतको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा कलाकारहरुले सांगितिक प्रस्तुति समेत गरेका थिए ।




















