इटहरी । सास्कृतिक पर्व तिहारमा खेलीने देउसी भैलोको छुट्टै महत्व रहने गरेको छ ।  

 हरेक वर्ष झै यस वर्ष पनि कोशी प्रदेशका विभिन्न ठाउँहरुमा  गाई तिहारे औसीका दिन देखि देउसी खेलिदै छ ।

    देउसी खेल्ने पौराणिक मान्यता अनुसार धार्मिक वर्णन गरिएका कथाहरु समेटेर एक जनाले भट्याउने र अरुले देउसीरे गाउने परम्परालाई निरन्तरता दिदै नेपाल प्रेस युनियन सुनसरी लगायतले देउसी लेखेको हो ।

  युनियनले इटहरी , धरान लगायतका ठाउँहरुमा परम्परागत रुपमा साथै सन्देश मुलक गित संगीत प्रस्तुत गरेर देउसी खेलेको छ ।

देउसीबाट संकलन हुने रकमलाई पत्रकारहरुको हकहित तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका क्षेत्रमा खर्च गरिने नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालले जानकारी गराए ।Screenshot_2023-11-14-15-46-02-473_com.facebook.katana

त्यसै गरी इटहरी क्षेत्रमा सरसफाई र वृक्षारोपण लगायतका सामाजिक कार्यमा महत्वपुर्ण योगदान गर्दै आएको वुल्स ऐलेभेन क्लवले समेत सामाजिक कार्यमा संकलित रकम खर्च गर्ने गरी देउसी खेलिरहेको छ । देउसीबाट संकलन भएको रकमको ३० प्रतिसत रकम असाहयहरुको संरक्षण गर्दै आएको आश्रमलाई सहयोग गरिने बाँकी रकम सामाजिक गतिविधिमा खर्च गरिने वुल्स ऐलेभेन क्लवका उपाध्यक्ष रामु राईले वताए ।

   क्लव र संघसंस्थाहरुले मात्र नभएर गाउँघरमा छरछमेकीहरु मिलेर देउसी भैलो खेल्ने गरिन्छ ।WhatsApp Image 2023-11-14 at 13.33.27

यसरी नै मोरगंको बेलवारी नगरपालिका वडा नम्बर ४ इमान सिंह चोकका क्षेत्रका युवा तथा वालवालिकाहरुले समेत सांस्कृति पर्व तिहारको अवसर पारेर परम्परागत तथा संन्देश मुलक देउसी भैलो खेलेका छन ।

  यसरी नै पुर्वी नेपालको हिमाली ,पहाडी तथा तराई क्षेत्रमा देउसी खेलिदै छ ।

केही वर्ष यता देखि नै आफैले देउसी भट्याउने भन्दा पनि विभिन्न गितहरु बजाउदै देउसी खेल्ने क्रमपनि पुर्वी नेपालमा वढी रहेको छ ।

देउसी भैलो संरक्षणका लागि नयाँ पुस्ताहरुलाई पनि सिकाउने उद्धेश्यले पौराणिक कथावस्तु र संदेश समेटिएका विषयवस्तु समावेश गरेर देउसी खेल्ने क्रमलाई निरन्तरता दिए सांस्कृतिक पर्वको महत्व कायम हुने अपेक्षा गरिन्छ । कतैकतै सानासाना बालकहरुले पनि पौराणिक कथावस्तुलाई आधार बनाएर देउसी भट्याएको पाइन्छ  ।