इटहरी । नेपालको मौलिक संवत नेपाल संवत ११४४को अवसर पारेर नेवा दे दबु इटहरीको आयोजनामा इटहरीमा भिन्तुना र्याली निका लियो ।
नेवा मिस पुच र खल पुचहरुको सहयोगमा नेपाल संवतको अवसरमा भिन्तुना र्याली निकालिएको हो ।
कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्य तथा नेवा दे दबुका केन्द्रीय सदस्य सोमबहादुर श्रेष्ठ लगायतका अतिथीहरुको सहभागितामा जातिय पोशाख सहित सहागीहरु रयालीमा सहभागी भएका थिए ।
र्यालीले इटहरीको मुख्य बजार क्षेत्र परिक्रमा गरेको थियो । र्यालीमा नेपाल आदिवासी जनजाति महासंघ सुनसरी लगायतका संघसस्थाहरुका प्रतिनिधिहरु समेतको सहभागिता रहेको नेवा द दबुका केन्द्रीय पार्षद विनोद चोछेले जानकारी दिए । हरेक वर्ष नेपाल संवतका अवसरमा इटहरीमा पनि कार्यक्रम गर्ने गरिन्छ ।




















