इटहरी । चाडपर्व र संस्कृतिहरुको जर्गेनामा जोड दिदै विगत केही वर्ष यता देखि इटहरी उपमहानगरपालिका वडा नम्वर १६ मा काग तिहारको दिन सामुहिक द्यौसी भैलो सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको सेभेन स्टार क्लव लविपुरले यस वर्ष पनि निरन्तरता दिएको छ । खेलकुदका साथै सामाजिक कार्यमा महत्वपुर्ण योगदान पुर्याउदै आएको सेभेन स्टार क्लवले यस वर्ष पनि सामुहिक द्यौसी भैलो सहित सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिएको हो ।
सामुहिक द्यौसी सहितको सांस्कृतिक कार्यक्रममा ख्याति प्राप्त कलाकार रचना रिमाल लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । क्लवका अध्यक्ष नवराज पौडेलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेको प्रमुख आतिथ्य रहेको थियो । खेलकुद क्षेत्रको विकास र विस्तार सहित राम्रा खेलाडीहरु उत्पादन सहित सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यले स्थापना गरिएको क्लवले समयसमयमा खेलकुद प्रतियोगिता लगायत सरसफाई , वृक्षारोपण , रक्तदान लगायतका कार्यक्रमहरु गर्दै आएको सस्थापक अध्यक्ष राजु अधिकारीले जानकारी गराए । सेभेन स्टार क्लवले इटहरी क्षेत्रमा सामाजिक कार्यमा सक्रियताका साथ सहभागिता जनाउदै आएको छ ।




















