सुनसरी । धर्तिको पहिलो तीर्थ स्थल वराह क्षेत्रको धार्मिक महत्वका साथै वराहक्षेत्र वरिपरी धार्मिक क्षेत्रको प्रचारप्रसार सहित धार्मिक महत्वका विषयमा जागरण गर्ने उद्धेश्यले प्राचिन हरिद्धार धाम चतराबाट १५ दिने वराहक्षेत्र वृहत परिक्रमा आरम्भ भएको छ ।

    जगतगुरु पिठ चतराको आयोजना तथा नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरणको अगुवाईमा वराहक्षेत्र वृहत परिक्रमाको कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले शुभाराम्भ गरेका हुन ।

१५ दिवसीय वराहक्षेत्र वृहत् परिक्रमा अन्तरगत  उदयपुर, धनकुटा , सुनसरी र मोरगं जिल्लाका वराहक्षेत्रका वरपर रहेको धार्मिक क्षेत्रहरुका पैदल परिक्रमा गर्ने कार्यक्रम अन्तरगत आजबाट परिक्रमा सुरु गरिएको हो।

वराहक्षेत्र वृहत परिक्रमा अवधिमा  उदयपुरको बेलका नगरपालिका सोमबारेमा रहेको महाङ्काल भगवती, कोसी नदीकिनारमा रहेको कोसोप्पा गङ्गा  , मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवती  त्रिवेणीधाम , सफाइटार कामान्चल पर्वतमा रहेको शिव पान्चायन मन्दिर ,  मूलघाट विश्रान्तिधाम मन्दिरको दर्शन गर्दै  बेलहरा, सागुरी गढी, नमस्ते झरना हुँदै कार्कीछाप– भेडेटार हुँदै पदयात्रा धरान आइपुग्नेछ ।WhatsApp Image 2023-11-10 at 11.54.12 (1)

त्यसपछि परिक्रमा टोलीले  धरानको शिवजट्टाधाम– वसुधाराधाम,  बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिरको दर्शन गरि  तरहारा– इटहरी हुँदै वृद्ध गङ्गाको पुर्वी तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिरको दर्शन गरी ,रामधुनीधाम मन्दिर हुदै  रामपुरा, मानपुर सिङ्घियाको परिक्रमा  त्यसपछि पदयात्रा प्रकाशपुर, राजाबास, सालबनी ,  शक्ररुद्र तीर्थ,  वराह भगवानको गर्भगृहको दर्शन गरि समापन गरिने परिक्रमाका परिकल्पनाका नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरणले जानकारी गराए ।

परिक्रमा कार्यक्रममा सहभागी हुन नेपालका विभिन्न जिल्ला साथै भारतबाट समेत साधुसन्त सहित श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको छ ।