इटहरी । शुभ दिपावली छठ पर्व लगायत चाडपर्वहरु अवसर पारेर राष्ट्रिय जागृति क्लव इटहरीले नगर स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
इटहरी उपमहानगरपालिका क्षेत्रका दशवटा विद्यालयका विद्यार्थीको सहभागितामा भोली यही कातिक २५ गते लोक नृत्य प्रतियोगिता आयोजना गरिने भएको हो।
वि.सं. २०२३सालमा स्थापित राजा क्लव इटहरी खेलकुद क्षेत्रको विकास र विस्तारका लागि खेलाडी उत्पादन गर्ने , सांस्कृतिक कार्यक्रम गर्ने लगायत सामाजिक सेवाका क्षेत्रमा समेत विभिन्न काम गर्दै आएको स्मरण गर्दै क्लवका अध्यक्ष सन्तबहादुर डुम्जनले यस पटक नगर स्तरीय लोक नृत्य रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए । अध्यक्ष डुम्जनले बरिष्ठ गायक तथा संगीतकार मानसिङ थुलुङलाई सम्मान गर्ने समेत वताए ।
इटहरी क्षेत्रका विभिन्न दश विद्यालयका विद्यार्थी सहभागी हुने लोक नृत्य रनिङशिल्ड प्रतियोगिताका प्रतिस्र्पधीहरुले मारुनी , पौडा, साकेला , घुम्रा , लगायतका जातिय तथा लोपोन्मुख बन्दै आएका नृत्य प्रस्तुत गरेर प्रतिस्पर्धा गर्ने छन। जनता माध्यमिक विद्यालयको खेलमैदान दिपेन्द्र चोकमा आयोजना गरिने नगर स्तरीय लोक नृत्य रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको जनाइएको छ ।




















