इटहरी । लिम्बु संस्कृतिसंग जोडिएको छैठौं नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव २०२३मा सर्वाेत्कृष्ट वन्न सफल फिचर फिल्ममा नोमिनेसमा परेको चलचित्र हाङनान्द इटहरीमा च्यारिटी सो गरिएको छ ।
पुर्वमन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा सेन्टर प्लाजा इटहरीमा रहेका फिल्म हलमा चलचित्र हाङनान्दको च्यारिटी सो गरिएको हो ।
सुनसरी , मोरगं र झापाका विभिन्न ठाउँमा छायाँकन गरिएको हाङनान्द धनकुमारी लिम्बुको निर्माण तथा विजय संयोग सुब्बाको निर्देशन गरेका हुन ।
सो चलचित्र ६० लाख लागतमा निर्माण सम्पन्न भएको सो चलचित्रका कलाकार उदय सुब्बाले जानकारी दिए ।
चलचित्र हाङनान्दको छायाँकन दिपक बज्राचार्यले गरेका हुन भने राजेन्द्र खड्का र चन्दन दत्तको सम्पादन रहेको समेत सो अवसरमा जानकारी गराइयो। च्यारितटी सो नेपाल चलचित्र कलाकार संघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधान लगायतका कलाक्षेत्रमा आवद्धहरुको सहभागिता रहेको थियो




















