इटहरी । इटहरीकी युवा समाजसेवी पृथिब्या थापा रिजालले  मिसेस नेपाल वल्ड २०२३ को ताज पहिरिन सफल भएकी छन ।

 रिभन इन्टरटेन्टमेन्टको आयोजना भएको मिसेस नेपाल वल्ड २०२३को फाइनमा सहभागी २३ प्रतिस्पर्धी मध्ये २२ जनालाई पछि पार्दै इटहरीकी पृथिब्या मिसेस नेपाल वल्ड २०२३ बन्न सफल भएकी हुन  ।

    महिला सशक्तिकरणका क्षेत्रमा साथै सामाजिक कार्यमा सक्रिय थापा मिसेस नेपाल वल्ड २०२३को उपाधी हात पारेपछि मिसेस वल्ड प्रतियोगितामा सहभागी हुन पाउने भएकी छन ।400807774_312666288255384_2858710549189942991_n

विश्वका विभिन्न देशका महिलाहरु सहभागी हुने मिसेस वल्ड प्रतियोगितामा सहभागी हुने अवसर पाएकी पृथिब्याले आफुले महिला सशक्तीकरणका साथै विभिन्न सामाजिक कार्यमा अझ धेरै समय खर्चने वताएकी छन ।

मिसेस नेपाल वल्ड २०२३को  फाइनलका जर्जहरु निसु झा , गोपाललाल सुन्दर कंसपती प्रताव बाबु तिवारी रहेका थिए । मिसेस नेपाल वल्ड २०२३ बन्न सफल पृथिब्या मोस्ट ट्यालेन्ट समेत घोषित भएकी हुन ।