इटहरी । दशैं तिहार छठ नेपाल सम्वत लगायतका चाडपर्वको समयलाई लक्षित गरी सुनसरीको इटहरीमा सञ्चालन भई रहेको एक महिने मिनी महोत्सवमा हाल सम्म २०हजार बढी अवलोकन गरिसकेको जनाइएको छ ।
इटहरी फुटवल क्लव र सयपत्री इन्टरटेन्टमेन्टको आयोजनामा यही कार्तिक ४ गते देखि सञ्चालन भई रहेको मिनी महोत्सवमा हाल सम्म २०हजारले अवलोकन गरिसकेको आयोजक सयपत्री इन्टरटेन्टमेन्टका सञ्चालक कपिल गुरुगंले जानकारी दिएका हुन ।
आगामी मंसीर ४ गते सम्म सञ्चालन हुने गरी इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भई रहेको मिनी महोत्सवमा विशेष गरी बालबालिकाको मनोरञ्जनका साधनहरु रोटेपीगं, ड्रागन रेल , ब्रेक डान्स , मिक्की माउस , झुला लगायतका मानोरञ्जनका सामाग्रीहरु रहेका छन भने विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति दिइरहेका छन । सांस्कृतिक कार्यक्रममा उल्लेखनिय संख्यामा दर्शकहरु आइरहेको र आगामी दिनमा जोन चाम्लीङ, ज्योति मगर , आशिष राना मगर लाहुरे लगायतका कलाकारहरुको प्रस्तुति रहेको समेत आयोजकले जनाएको छ ।




















