इटहरी । पोखराका पर्यटन व्यवसायी र इटहरीका पर्यटन व्यवसायीहरुले पर्यटन प्रवद्र्धनमा सहकार्य गरेर अघि बढ्ने भएका छन ।

   पुर्व क्षेत्रको भ्रमणमा आएका पोखराका पर्यटन व्यवसायीहरुलाई इटहरीमा स्वागत गर्ने क्रममा दुवै ठाउँका पर्यटन व्यवसायीहरु मिलेर पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने सहमति गरेका हुन ।

  पोखराबाट आएका जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरीले पोखराका पर्यटन व्यवासायीहरुलाई स्वागत गर्ने कार्यक्रममा “जाउ पोखरा“ भन्ने ब्यानरमा छलफल गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा दुवै क्षेत्रका पर्यटन व्यवसायीहरुले सहकार्य गर्ने सहमति गरेका हुन । 396728039_10231586131978405_1572227240664086457_nसो क्रममा इटहरी लगायतका पुर्व क्षेत्रका पर्यटकीय क्षेत्रका विषयमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले जानकारी गराएका थिए ।

त्यसै गरी पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा क्षेत्रका पर्यटकीय स्थलका विषयमा जानकारी गराएका थिए ।  कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाह , होटल व्यवसायी संघ इटहरीका उपाध्यक्ष कृष्ण निरौला , होटल तथा लज व्यवसाइ समिति इटहरीका अध्यक्ष उमेश दाहाल, सिवि कलेजका अध्यक्ष देशबन्धु कार्की, होटल व्यवसायी महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष मणिन्द्र कट्वाल  लगायतको सहभागिता रहेको थियो । लगायतको सहभागिता रहेको थियो ।