इटहरी । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको भ्वाईस अफ चिल्ड्रेन इटहरीले वार्षिक रुपमा गरेका गतिविधिहरु समावेश गरेर सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।

साझेदारीमा काम गर्दै आएका संस्थाहरुका साथै सरोकारवालाहरुको सहभागितामा भ्वाईस अफ चिल्ड्रेन इटहरीले सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको हो ।

   भ्वाईस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमीरेको अध्यक्षतामा भएको सामाजिक लेखाजोखा कार्यक्रममा भ्वाईस अफ चिल्डे«न इटहरीले वर्ष भरी गरेका गतिविधिहरुका विषयमा समिक्षा सहित जानकारी गराइयो ।IMG_20231103_145935 बालबालिकाको शारिरिक तथा मानसिक विकासका क्षेत्रका शिक्षा ,स्वास्थ्य लगायतमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भ्वाईस अफ चिल्ड्रेनले इटहरी क्षेत्रमा गरेका गतिविधिहरुका विषयमा सस्था तर्फबाट भरत थापाले जानकारी गराएका थिए भने अन्य संघसंस्थाहरुले समेत विगतमा आयोजना गरिएका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन भएको जनाएका थिए ।

 कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपाने विभिन्न विद्यालयका प्रध्यानाध्यापक ,शिक्षक , जनप्रतिनिधि , वाल समुह , महिला समुह , साझेदार संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।