इटहरी । जेष्ठ नागरिक समाज नेपाल इटहरीले १३औं वार्षिक साधारणसभाको पारेर ८५ वर्ष पुरा गरेका जेष्ठ नागरिक सहित विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ। इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको साधारण सभाको उद्घाटन सत्रमा जेष्ठ नागरिक लगायतलाई सम्मान गरिएको हो ।
जेष्ठ नागरिक समाज नेपाल इटहरीका अध्यक्ष खगेन्द्रप्रसाद निरौलाको अध्यक्षतामा भएको साधारणसभाको खुल्ला सत्रमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष भिमवहादुर पौडेललाई सम्मान गरियो छ ।
सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुरयाउदै आएको भन्दै पौडेललाई समाजसेवी राजेश श्रेष्ठको तर्फबाट विष्णु गणेश लिला श्रेष्ठ स्मृति पुरस्कारबाट नगद सहित सम्मान गरिएको छ। जेष्ठ नागरिक समाज इटहरीले ८५वर्ष पुरा गरेका जयप्रसाद तिम्सिना , जशोदा रेग्मी , कुलराज दुलाल , योगमाया दंगाललाई सम्मान गरेको छ।
त्यसै गरी आमाबुबा तथा सासुससुरालाई राम्रो हेचाह गर्ने छोरी वुहारी सम्मानबाट रञ्जिता पौडेल , रिता खतिवडा , दुर्गा न्यौपाने , शुशिला गुरागाईलाई सम्मान गरिएको हो । समाजसेवाका क्षेत्रमा योगदान पुर्याएको भन्दै मन्दिलनाथ मकाजु श्रेष्ठ लगायतलाई समेत सो कार्यक्रममा सम्मान गरिको थियो । कार्यक्रममा अध्यक्षका तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरियो। कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल , इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेकवहादुर कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















