सुनसरी । सप्तकोशी नदीमा पत्रकार सवार मोटरबोट दुर्घटना भएको छ ।

सशस्त्र प्रहरी बल वराह बाहिनीको  विपद् उद्धार परीक्षण कार्यक्रममा सहभागी हुने सुनसरीको चतराबाट उदयपुर तर्फ गईरहेको पत्रकार लगायतका सवारी मोटरबोट दुर्घटनामा परेको हो ।

  सशस्त्र प्रहरीका गोताखोर तालिमको समापन सहित परिक्षण कार्यक्रममा सहभागी हुन गई रहेका पत्रकार लगायत १२ जना सवारी मोटरबोट दुर्घटनामा परेपछि गोताखोरको सहयताले दुर्घटनामा परेकाहरुलाई उद्धार गरिएको थियो ।durgatana photo  (1) मोटरबोट दुर्घटनामा पत्रकारहरु कुमोद अधिकारी , महाप्रसाद खतिवडा , शम्भु पोखरेल , खेम सापकोटा लगायत रहेका छन । दुर्घटनामा घाइते भएका रेडियो नेपालका कुमोद अधिकारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने अन्य सामान्य घाइते भएका थिए ।