इटहरी । कृषि उत्पादन , कृषि शिक्षा र कृषि पर्यटनमा जोड दिदै सुनसरीको रामधुनीमा सञ्चालित जिवीका कृषि सहकारी संस्थाले कृषिसंग सम्वन्धीत बहुआयमिक गतिविधिहरु गर्दै आएको छ । कृषि विज्ञहरु उत्पादनका लागि प्रयोगात्मक अध्ययन र कृषि पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य सहित सञ्चालित जिवीका कृषि सहकारी संस्थाले कृषि कलेज समेत सञ्चालनमा ल्याएको छ ।
कृषि उत्पादन वढाउने साथै रोजगारी सिर्जना गर्ने र कृषि पर्यटकहरु भित्रयाउने उद्धेश्यले वि.सं.२०७१सालमा स्थापित जिवीका कृषि सहकारी संस्था लिमिटेडले सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ मा वहुआयामिक कृषि फार्म , जिवीका कृषि विज्ञान कलेज सञ्चालनमा ल्याएको हो ।
कृषि फार्म ,कृषि कलेज सञ्चालन गर्दै आएको जिवीका कृषि सहकारीले २० विघा क्षेत्रफलमा गाई ,बंगुर ,बाख्रा , माछा पालन सहित मेवा, ड्रागन फ्रुड , विभिन्न जातमा तरकारी , सयपत्री फुल खेती गर्दै आएको छ ।
जिवीका कृषि सहकारीका उपाध्यक्ष देशबन्धु थापाले कृषि उत्पादनसंग राष्ट्रलाई जोड्ने , कृषि विशेषज्ञहरु तयार पार्ने , कृषि पर्यटकहरु भित्रयाउने उद्धेश्यले जिवीका कृषि सहकारी सञ्चालनमा ल्याएको वताए ।
कृषि उत्पादनसंगै रोजगारी सृर्जना गर्ने सिप सिक्न सकिने र उत्पादनका क्षेत्रमा काम गर्न सकिने संदेश प्रवाह गर्न समेत जिवीका कृषि सहकारी संस्थाले महत्पुर्ण भुमिका खेल्ने संस्थाका व्यवस्थापक शिव डाँगी वताउछन ।
नेपालकै पहिलो सहकारी संस्थाको तर्फबाट कलेज संचालनका लागि कृषि विज्ञान विश्वविद्यालयबाट २०७५सालमा संम्वन्धन प्राप्त गर्न सफल जिवीका कृषि सहकारी संस्थाले जिवीका कृषि विज्ञान कलेज समेत सञ्चालन गर्दै आएको छ ।
कलेज सञ्चालन भई रहेको र होस्टल समेत वनाइएको भएपनि विश्वविद्यालयको कम्जोर नीतिले गर्दा गत शैक्षिक सत्रमा विद्यार्थी भर्ना नभएको जिवीका कृषि विज्ञान कलेजका अध्यक्ष नवराज चापागाँईले गुनासो गरे ।
उनले कृषि उत्पादन वढाउने तथा कृषि क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न राज्यले कृषि क्षेत्रमा लगानी वढाउनु पर्नेमा जोड दिए ।
कृषि उत्पादन , कृषि शिक्षा र कृषि पर्यटनमा जोड दिदै आएको जिवीका कृषि सहकारी संस्थाले हाल सम्म ११ करोड लगानीमा कृषि फार्म लगायत भौतिक संरचना समेत तयार पारेर उत्पादन , शिक्षा र सिप सिकाउने काम गर्दै आएको छ । कृषि उत्पादन वृद्धिका लागि सिपयुक्त कृषिमा जोड दिदै सिटिइभिटी बाट जिवीका फार्मरस्कुल समेत सञ्चालन गर्दै आएको छ ।




















